Tuesday 19 October 2010

कुखुराको मासुका परिकार

कुखुराको मासुका परिकार


चिकन डन्डी

सामग्री ः कुखुराको पखेटा १६ वटा, एक चियाचम्चा अजिनोमोटो, आधा चियाचम्चा मरिचको धूलो, दुईवटा अण्डा, १ सय ग्राम मैदा, ५० ग्राम कर्नफ्लोर, दुई ठूलो चम्चा सुकेकोरातो खुर्सानीको धूलो, तार्नका लागि आवश्यकताअनुसार तेल, नुन स्वादअनुसार ।

विधि ः पखेटाको तल्लो भागलाई त्यसमा भएको सबै मासु एकैतिर तान्न सकिने गरी काट्ने, अब मैदा, अण्डा, कर्नफ्लोर, चिली सस, अजिनोमोटो तथा मरिच हालेर राम्रोसँग मोल्ने । यसरी मोलेर राखेको पखेटालाई ३० मिनेटसम्म मेरिनेट हुन दिने । त्यसलाई सुनौलो हुने गरी तातो तेलमा तार्ने र लसुनको सससँग सर्व गर्ने ।

चिकेन टिक्का

सामग्री ः २ सय ५० ग्राम हड्डी नभएको कुखुराको मासु -चौकोर काटेको), एक कप हरियो धनियाँ, एक मुठी पुदिना, चारवटा लसुनका पोटी, तीन ठूलो चम्चा ताजा क्रिम, एक ठूलो चम्चा मैदा, दुई ठूलो चम्चा तेल, नुन स्वादअनुसार ।

विधि ः धनियाँ, पुदिना, लसुन र नुन मिसाएर पेस्ट बनाउने, यो मिश्रणलाई कुखुराको मासुमा मोलेर एक घन्टा मेरिनेट गर्ने । क्रिम, मैदा र एक ठूलो चम्चा तेल मिसाएर मेरिनेट गरिएको मासुमा लगाउने र झीरमा उनेर तेल दल्दै कोइलाको रापमा सेक्ने । यसलाई तात्तातै सर्व गर्नुपर्छ ।

होल चिकेन

सामग्री ः ७ सय ५० ग्रामको सिंगै कुखुरा, एउटा कागतीको रस, १४ वटा सुकेको खुर्सानी, दुईवटा हरियो खुर्सानी, चारवटा पेपरकर्न, २५ वटा लसुनका पोटी, एक ठूलो चम्चा अदुवा, तार्नका लागि पर्याप्त तेल ।

विधि ः कुखुरालाई राम्रोसँग सफा गरेर पेटमा सानो प्वाल पारी भित्रको सबै निकाल्ने । त्यसपछि नुन र कागती राम्रोसँग दलेर राख्ने । त्यसपछि खुर्सानी, पेपरकर्न तथा अदुवालाई मसिनो गरी

पिसेर कुखुराको भित्र र बाहिर लगाएर १० मिनेट जति छोड्ने । त्यसपछि राम्रोसँग तार्ने र सलादसँग सर्व गर्ने ।

दम चिकेन

सामग्री ः एक किलोको एउटा सिँगै कुखुरा -आठ टुक्रा पारेको) १ सय ५० ग्राम मसिनो गरी पिसिएको प्याज, ३० ग्राम लसुन र अदुवाको पेस्ट, १० ग्राम बेसार, ५० ग्राम मसिनो गरी काटिएको हरियो खुर्सानी, १० ग्राम जीरा, १० ग्राम ल्वाङ, १० ग्राम सुकमेल, १० ग्राम तेजपत्ता, २० ग्राम मगज -तरबुजाको बीउ), ३० ग्राम मसिनो गरी काटिएको बदाम -अलमन्ड), ३० ग्राम मसिनो गरी काटिएको काजु, ३ सय ग्राम दही, १५ मिलिलिटर कागतीको रस, तार्नका लागि तेल, नुन स्वादअनुसार ।

विधि ः कुखुरामा बेसार, लसुन र अदुवाको पेस्ट, खुर्सानी, बदाम, काजु तथा दही मोलेर रातभरि पि|mजमा राखिदिने । बाक्लो पिँध भएको भाँडामा तेल तताउने र प्याज र अन्य मसलाहरू सुनौलो हुने गरी भुट्ने । मेरिनेट गरेको कुखुरालाई त्यसमा हालेर सानो आँचमा नरम हुने गरी पकाउने ।

No comments:

Post a Comment