Wednesday 22 September 2010

माछा फ्रई

मुरी घन्टो

मुरी घन्टो

माम्पी घोष(पवनकली)

सामग्री ः एउटा माछाको टाउको, २ सय ग्राम चामल, २-३ वटा, सुकेका खुर्सानी, २-३ वटा तेजपात, आधा चम्चा जिरा, १ चम्चा, गरम मसला, २ चम्चा जिराको धूलो, १ चम्चा खुर्सानीको धूलो, १ चम्च्ाा अदुवाको रस, २ चम्च्ाा तेल, नुन-बेसार स्वादअनुसार ।

विधि ः चामललाई पखालेर १५ मिनेट जति भिजाएर राख्ने। अर्काे भाँडामा माछाको टाउकोलाई दुई टुक्रा पारेर  प|ाई गर्ने र निकाल्ने। तेलमा सुख्खा खुर्सानी, जिराका दाना तथा तेजपात फुराउने र भिजाएको चामल हाल्ने। चामलमा नुन-बेसारसहित सबै मसला राखी सानो आँचमा बिस्तारै भुट्ने। भुटेपछि चामल पाक्ने गरी दुई-तीन कप पानी हाल्ने र उम्लिएपछि माछाको टाउको हाली छोपिदिने। ५ मिनेटपछि माछाको टाउको भातसँग मिक्स हुने गरी चलाउने। पाकेपछि माथिबाट गरम मसला हालेर चलाई सर्भ गर्ने।

कर्न राइस

कर्न राइस

लुनिभा तुलाधर (कलाकार)

सामग्री ः ३ चम्चा घिउ, १० ग्राम बटर, २ कप भिजाएको बासमती चामल, एक घोगा उसिनेर छोडाएको मकै, आधा चम्चा चिनी, नुन स्वादअनुसार।

विधि ः एउटा सफा कराही सानो आँचमा बसालेर तातेपछि घिउ र बटर हालेर मकै भुट्ने।  केहीबेरमा भिजाएको चामल हालेर भुट्ने। भुट्दाभुट्दै चिनी र नुन हालिदिने। अलि खैरो भएपछि राइसकुकरमा पानीका साथ पाक्न दिने। यो परिकार दसैंको बेला घरमा आएका पाहुनालाई सादा भुजा वा चिल्लो पुलाउको साटो ख्वाउन मिल्छ।





माछेर झोल

सामग्री ः १ केजी माछा, २ मुठा धनियाँ, ५० ग्राम मर्सियो ,२ चम्चा जिरा पेस्ट, आधा चम्चा अदुवाको पेस्ट, २ पाउ गोलभेंडा, १ चम्चा मुंगे्रलो, ४-५ वटा हरिया खर्सानी, स्वादअनुसार रातो खुर्सानीको पेस्ट, २ चम्च्ाा सस्यर्ंुको तेल, नुन-बेसार स्वादअनुसार ।

विधि ः सबैभन्दा पहिले माछालाई सफा गरी नुन-बेसारमा मोलेर एकछिन राख्ने। ताप्केमा तेल तताएर माछालाई प|ाई गर्ने। झोल बनाउन थोरै तेलमा मुंग्रेलो र हरियो खुर्सानी पड्काउने। आँच सानो बनाई बेसार र खुर्सानीलाई थोरै पानी हालेर मिक्स गरी त्यही तेलमा हाल्ने। मसिनो गरी काटिएको गोलभेंडा राख्ने। नुन हालेर छोप्ने । गोलभेंडा ग्रेभी भएपछि जिरा-अदुवाको पेस्ट राखेर एकछिन भुट्ने र सस्र्युं हालेर मनतातो पानी हाली मज्जाले उमाल्ने। माछा हाली सानो आँचमा ५ मिनेटजति पकाउने। माथिबाट धनियाँ छर्केर सर्भ गर्ने।

माछा सात्ते

माछा  सात्ते

इन्दिरा जोशी (गायिका)

सामग्री ः सफा गरी काटेको माछा ३ सय ग्राम, तोरीको तेल एक चम्चा, तोरीको पेस्ट एक चौथाइ, कागती एउटा, लसुन-अदुवाको पेस्ट एक चिया चम्चा, माछाको सस आधा चिया चम्चा, मिट मसला आधा चिया चम्चा, धनियाँ-जिराको धूलो आधा चिया चम्चा, नुन स्वादअनुसार, मरिचको धूलो आधा चम्चा, दही एक चिया चम्चा, बेसार एक चौथाइ ।

विधि ः माछाको टुक्राबाहेक सबै मसला मिसाएर मोल्ने। मसला मिक्स गरेपछि माछाको टुक्रामामा दलेर त्यसलाई १०-१५ मिनेट राख्नेे। त्यसपछि यो माछाको टुक्रालाई बाँसको मसिनो कप्टेरामा उन्ने र  १-२ मिनेट गि्रल गर्ने। तयार भएपछि यसलाई आफूलाई मन पर्ने सस अथवा अचारसँग खान सकिन्छ।

 

ल्होको मोमो

सामग्री ः आधा केजी मैदा, १ चम्चा बेकिङ पाउडर, १ चम्चा तेल, नुन स्वादअनुसार।

विधि ः मैदामा बेकिङ पाउडर र नुन हालेर गिलो हुने गरी मुछ्ने। मुछिसकेपछि समोसाको कोणजस्तै पारेर बेल्ने। एउटा गहिरो भाँडामा तेल हालेर बेस ब्राउन नभएसम्म राखिदिने। ब्राउन भएपछि पल्टाइदिने र त्यसपछि आधा कप पानी हालेर छोपिदिने। पानी सुकेपछि मोमो आफै उप्किन्छ।  यो पेट भर्न उपयोगी, चिल्लो कम भएको घरमै सजिलो तरिकाले बनाउन सकिने परिकार हो। ल्होको मोमो आफ्नो स्वादअनुसार जुनसुकै तरकारीसँग खान सकिन्छ।

मिटबल

मिटबल

सामग्री ः डेढ किलो किमा, आधा केजी प्याज, एक पाउ गोलभेंडा एक पाउ अदुवा, एक चम्चा अजिनो मोटो, आधा चम्चा जिराको धूलो, आधा चम्चा धनियाँको धूलो, नुन-खुर्सानी स्वादअनुसार।

विधि ः किमालाई मुछेर ठिक्कको गोलो बनाएर तेलमा प|ाई गर्ने। अर्काे कराहीमा तेल तताई मेथी पड्काएर प्याज, गोलभेंडा, जिरा, धनियाँको धूलो तथा नुन-खुर्सानी हालेर ग्रेभी बनाउने। ग्रेभी तयार भएपछि त्यसमा केहीबेर मिटबल राख्ने अनि सफा प्लेटमा सर्भ गर्ने।



मिक्स पनीर करी

सामग्रीः आधा केजी पनीर, तीनवटा भेंडेखुर्सानी, चारवटा प्याज, चारवटा ठूलो गोलभेंडा, आधा चम्चा पिसेको अदुवा, बेसार एवं नुन-खुर्सानी स्वादअनुसार।

विधिः पनीरलाई चारपाटे आकारमा काटेर तेलमा डिप प|ाई गर्ने। तेल ओइराएर पनीरलाई प्लेटमा राख्ने। अर्काे कराहीमा तेल तताएर प्याज, गोलभेंडा, भेंडेखुर्सानी हालेर प|ाई गर्ने र त्यसमा अदुवा, नुन, खुर्सानी तथा बेसार हालेर एकछिन चलाएपछि प|ाई पनीर हालेर सर्भ गर्ने।

भटमास प|ाई विथ बोइल एग

भटमास प|ाई विथ बोइल एग

कुन्चाङ मोक्तान(मिस टुरिजम)

सामग्री ः ५ वटा उसिनेका अण्डा, २ कप भुटेर बोक्रा फालेको भटमास, एउटा मसिनो गरी काटेको प्याज, एउटा मसिनो पारेर काटेको गोल, मसिनो गरी काटेको हरियो खुर्सानी इच्छाअनुसार

अलिकति अदुवा र लसुन मसिनो गरी काटेको, एउटा कागती, नुन र धूलो खुर्सानी स्वादअनुसार ।

विधि ः उसिनेको अण्डालाई आधा-आधा काटेर प|ाई गर्ने। अर्को एउटा प्यानमा भटमास भुट्ने र बोक्रा छोडाएर आधा-आधा बनाउने। त्यसमा प्याज, गोलभेंडा, अदुवा, लसुन, नुन, खुर्सानी, चाट मसला एवं कागती राखेर मोल्ने। एउटा सफा प्लेटमा अण्डा र भटमासलाई सजाएर स्न्याक्सका रूपमा खाने।

दही प|ट्स मिक्स सलाद

दही प|ट्स मिक्स सलाद

सामग्री ः एक लिटर दही, ३ कोसा केरा, एउटा अनार, एउटा आँप, एक टुक्रा भुईंकटहर, चिनी स्वादअनुसार, दालचिनी, सुकमेल तथा अलैंचीको धूलो एक चम्चा ।

विधि ः सबैभन्दा पहिले दहीमा चिनी हालेर ठूलो चम्चाको दुई चम्चा पानी हालेर फिट्ने। केरालाई गोलाकार पारी काट्ने, अनारका दानालाई प्लेटमा हाल्ने, आँप र भुईंकटहरलाई स-साना टुक्रा पार्ने। अनारबाहेक सबै फलफूल र दही मिसाउने। त्यसपछि फलफूलका टुक्राको आकार नबिग्रने गरी चलाउँदै मसलाहरू हाल्ने। खाने बेलामा मात्र अनार मिसाउने। लामो समय राख्नुपरे पि|जिङ्ग गर्ने। दसंैमा टन्न मासु एवं चिल्लो खाएपछि यो सलाद खाए मासु तथा चिल्लो पचाउन सजिलो हुन्छ।

कुखुराको मासुको अचार


कुखुराको मासुको अचार
सामग्री ः ५ सय ग्राम कुखुराको मासु, एक पाउ सुकेको लसुन, आधा पाउ अदुवा, आधा माना तेल, दुई चम्चा जिरा धूलो, एक चम्चा टिम्मुरको धूलो, मेथीको धूलो, रायोको धूलो, मुलाको बीउको धूलो मिसाएको, दुई चम्चा खुर्सानीको धूलो, दुई चम्चा अमिलो रस वा एक चम्चा चुक ।

विधि ः कुखुराको मासुलाई छाला झिकेर एक ठूलो चम्चा पानी हाली मधुरो आँचमा बफ्याउने। पानी सुकाएर मासु बफाइसकेपछि मसिनो टुक्रा पारेर काट्ने। लसुनलाई छोडाएर केस्रा पारेर काट्ने र एक पोटी लसुन छोडाएर पिस्ने। अदुवालाई पनि थोरै मात्र पिस्ने तथा अरू बाँकी अदुवालाई केस्रा पारेर काट्ने। सबै सामग्री तयार भएपछि आधा माना तेल कराहीमा तताउने। तेल तातिसकेपछि टुक्रा पारेर राखेको मासु ओइरिने। मासुलाई खैरो पारेर भुटिसकेपछि मसलाहरू हालेर हल्का आँचमा एकछिन राख्ने। अमिलो र तेलले अचारलाई केही लामो समयसम्म राख्छ। 

दसैं परिकार



दसैं परिकार


खसीको मासुको बतिसा

सामग्री ः ५ सय ग्राम खसीको मासु -कुर्कुरे हाडसहित), एक कप तेल, एक मुठा हरियो लसुन, एउटा सुकेको प्याज, आधा पाउ मटरकोसा, आधा पाउ गोलभेंडा, २ पोटी सुकेको लसुन, सानो टुक्रा अदुवा, एक चिया चम्चा बेसार, आधा चम्चा जिराको धूलो, एक चम्चा खुर्सानीको धूलो, एक चिम्टी टिम्मुर धूलो, एक मुठा हरियो धनियाँ, सानो टुक्रा हिङ, मेथी, ज्वानो र नुन स्वादअनुसार ।

विधि ः बाक्लो कराहीमा तेल तताउने। तातेपछि थोरै मेथी, ज्वानो र हिङ फुराउने। मेथी, ज्वानो कालो भएपछि स-साना टुक्रा पारेर काटेको मासुलाई कराहीमा ओइरिने। मासुलाई ठिक्क भागले खरो पारेर भुटेपछि काटेर राखेको हरियो लसुन-प्याज हालेर विस्तारै चलाउने। हल्का गलेपछि मटरकोसा मिसाएर चलाउने। त्यस्तै टुक्रा पारेको गोलभेंडा पनि मिसाएर चलाइदिने। २ मिनेटपछि जिरा, खुर्सानी र टिम्मुरको धूलो स्वादअनुसार हालेर चलाउने र हल्का आँचमा छोपेर एकछिन राख्ने। विस्तारै मसलाको वासना आउन थालेपछि धनियाँलाई माथिबाट छर्की छोपेर राखिदिने। बतिसा लेदो हुने भएकाले पानीको थोपा पनि हाल्नु हुँदैंन। पानी हाल्नाले बतिसाको स्वाद बिग्रन्छ।