Wednesday 22 September 2010

दसैं परिकार



दसैं परिकार


खसीको मासुको बतिसा

सामग्री ः ५ सय ग्राम खसीको मासु -कुर्कुरे हाडसहित), एक कप तेल, एक मुठा हरियो लसुन, एउटा सुकेको प्याज, आधा पाउ मटरकोसा, आधा पाउ गोलभेंडा, २ पोटी सुकेको लसुन, सानो टुक्रा अदुवा, एक चिया चम्चा बेसार, आधा चम्चा जिराको धूलो, एक चम्चा खुर्सानीको धूलो, एक चिम्टी टिम्मुर धूलो, एक मुठा हरियो धनियाँ, सानो टुक्रा हिङ, मेथी, ज्वानो र नुन स्वादअनुसार ।

विधि ः बाक्लो कराहीमा तेल तताउने। तातेपछि थोरै मेथी, ज्वानो र हिङ फुराउने। मेथी, ज्वानो कालो भएपछि स-साना टुक्रा पारेर काटेको मासुलाई कराहीमा ओइरिने। मासुलाई ठिक्क भागले खरो पारेर भुटेपछि काटेर राखेको हरियो लसुन-प्याज हालेर विस्तारै चलाउने। हल्का गलेपछि मटरकोसा मिसाएर चलाउने। त्यस्तै टुक्रा पारेको गोलभेंडा पनि मिसाएर चलाइदिने। २ मिनेटपछि जिरा, खुर्सानी र टिम्मुरको धूलो स्वादअनुसार हालेर चलाउने र हल्का आँचमा छोपेर एकछिन राख्ने। विस्तारै मसलाको वासना आउन थालेपछि धनियाँलाई माथिबाट छर्की छोपेर राखिदिने। बतिसा लेदो हुने भएकाले पानीको थोपा पनि हाल्नु हुँदैंन। पानी हाल्नाले बतिसाको स्वाद बिग्रन्छ।

No comments:

Post a Comment