Wednesday 22 September 2010

माछा सात्ते

माछा  सात्ते

इन्दिरा जोशी (गायिका)

सामग्री ः सफा गरी काटेको माछा ३ सय ग्राम, तोरीको तेल एक चम्चा, तोरीको पेस्ट एक चौथाइ, कागती एउटा, लसुन-अदुवाको पेस्ट एक चिया चम्चा, माछाको सस आधा चिया चम्चा, मिट मसला आधा चिया चम्चा, धनियाँ-जिराको धूलो आधा चिया चम्चा, नुन स्वादअनुसार, मरिचको धूलो आधा चम्चा, दही एक चिया चम्चा, बेसार एक चौथाइ ।

विधि ः माछाको टुक्राबाहेक सबै मसला मिसाएर मोल्ने। मसला मिक्स गरेपछि माछाको टुक्रामामा दलेर त्यसलाई १०-१५ मिनेट राख्नेे। त्यसपछि यो माछाको टुक्रालाई बाँसको मसिनो कप्टेरामा उन्ने र  १-२ मिनेट गि्रल गर्ने। तयार भएपछि यसलाई आफूलाई मन पर्ने सस अथवा अचारसँग खान सकिन्छ।

 

ल्होको मोमो

सामग्री ः आधा केजी मैदा, १ चम्चा बेकिङ पाउडर, १ चम्चा तेल, नुन स्वादअनुसार।

विधि ः मैदामा बेकिङ पाउडर र नुन हालेर गिलो हुने गरी मुछ्ने। मुछिसकेपछि समोसाको कोणजस्तै पारेर बेल्ने। एउटा गहिरो भाँडामा तेल हालेर बेस ब्राउन नभएसम्म राखिदिने। ब्राउन भएपछि पल्टाइदिने र त्यसपछि आधा कप पानी हालेर छोपिदिने। पानी सुकेपछि मोमो आफै उप्किन्छ।  यो पेट भर्न उपयोगी, चिल्लो कम भएको घरमै सजिलो तरिकाले बनाउन सकिने परिकार हो। ल्होको मोमो आफ्नो स्वादअनुसार जुनसुकै तरकारीसँग खान सकिन्छ।

No comments:

Post a Comment