Wednesday 22 September 2010

कर्न राइस

कर्न राइस

लुनिभा तुलाधर (कलाकार)

सामग्री ः ३ चम्चा घिउ, १० ग्राम बटर, २ कप भिजाएको बासमती चामल, एक घोगा उसिनेर छोडाएको मकै, आधा चम्चा चिनी, नुन स्वादअनुसार।

विधि ः एउटा सफा कराही सानो आँचमा बसालेर तातेपछि घिउ र बटर हालेर मकै भुट्ने।  केहीबेरमा भिजाएको चामल हालेर भुट्ने। भुट्दाभुट्दै चिनी र नुन हालिदिने। अलि खैरो भएपछि राइसकुकरमा पानीका साथ पाक्न दिने। यो परिकार दसैंको बेला घरमा आएका पाहुनालाई सादा भुजा वा चिल्लो पुलाउको साटो ख्वाउन मिल्छ।





माछेर झोल

सामग्री ः १ केजी माछा, २ मुठा धनियाँ, ५० ग्राम मर्सियो ,२ चम्चा जिरा पेस्ट, आधा चम्चा अदुवाको पेस्ट, २ पाउ गोलभेंडा, १ चम्चा मुंगे्रलो, ४-५ वटा हरिया खर्सानी, स्वादअनुसार रातो खुर्सानीको पेस्ट, २ चम्च्ाा सस्यर्ंुको तेल, नुन-बेसार स्वादअनुसार ।

विधि ः सबैभन्दा पहिले माछालाई सफा गरी नुन-बेसारमा मोलेर एकछिन राख्ने। ताप्केमा तेल तताएर माछालाई प|ाई गर्ने। झोल बनाउन थोरै तेलमा मुंग्रेलो र हरियो खुर्सानी पड्काउने। आँच सानो बनाई बेसार र खुर्सानीलाई थोरै पानी हालेर मिक्स गरी त्यही तेलमा हाल्ने। मसिनो गरी काटिएको गोलभेंडा राख्ने। नुन हालेर छोप्ने । गोलभेंडा ग्रेभी भएपछि जिरा-अदुवाको पेस्ट राखेर एकछिन भुट्ने र सस्र्युं हालेर मनतातो पानी हाली मज्जाले उमाल्ने। माछा हाली सानो आँचमा ५ मिनेटजति पकाउने। माथिबाट धनियाँ छर्केर सर्भ गर्ने।

No comments:

Post a Comment