Wednesday 22 September 2010

कुखुराको मासुको अचार


कुखुराको मासुको अचार
सामग्री ः ५ सय ग्राम कुखुराको मासु, एक पाउ सुकेको लसुन, आधा पाउ अदुवा, आधा माना तेल, दुई चम्चा जिरा धूलो, एक चम्चा टिम्मुरको धूलो, मेथीको धूलो, रायोको धूलो, मुलाको बीउको धूलो मिसाएको, दुई चम्चा खुर्सानीको धूलो, दुई चम्चा अमिलो रस वा एक चम्चा चुक ।

विधि ः कुखुराको मासुलाई छाला झिकेर एक ठूलो चम्चा पानी हाली मधुरो आँचमा बफ्याउने। पानी सुकाएर मासु बफाइसकेपछि मसिनो टुक्रा पारेर काट्ने। लसुनलाई छोडाएर केस्रा पारेर काट्ने र एक पोटी लसुन छोडाएर पिस्ने। अदुवालाई पनि थोरै मात्र पिस्ने तथा अरू बाँकी अदुवालाई केस्रा पारेर काट्ने। सबै सामग्री तयार भएपछि आधा माना तेल कराहीमा तताउने। तेल तातिसकेपछि टुक्रा पारेर राखेको मासु ओइरिने। मासुलाई खैरो पारेर भुटिसकेपछि मसलाहरू हालेर हल्का आँचमा एकछिन राख्ने। अमिलो र तेलले अचारलाई केही लामो समयसम्म राख्छ। 

No comments:

Post a Comment