Wednesday 22 September 2010

मुरी घन्टो

मुरी घन्टो

माम्पी घोष(पवनकली)

सामग्री ः एउटा माछाको टाउको, २ सय ग्राम चामल, २-३ वटा, सुकेका खुर्सानी, २-३ वटा तेजपात, आधा चम्चा जिरा, १ चम्चा, गरम मसला, २ चम्चा जिराको धूलो, १ चम्चा खुर्सानीको धूलो, १ चम्च्ाा अदुवाको रस, २ चम्च्ाा तेल, नुन-बेसार स्वादअनुसार ।

विधि ः चामललाई पखालेर १५ मिनेट जति भिजाएर राख्ने। अर्काे भाँडामा माछाको टाउकोलाई दुई टुक्रा पारेर  प|ाई गर्ने र निकाल्ने। तेलमा सुख्खा खुर्सानी, जिराका दाना तथा तेजपात फुराउने र भिजाएको चामल हाल्ने। चामलमा नुन-बेसारसहित सबै मसला राखी सानो आँचमा बिस्तारै भुट्ने। भुटेपछि चामल पाक्ने गरी दुई-तीन कप पानी हाल्ने र उम्लिएपछि माछाको टाउको हाली छोपिदिने। ५ मिनेटपछि माछाको टाउको भातसँग मिक्स हुने गरी चलाउने। पाकेपछि माथिबाट गरम मसला हालेर चलाई सर्भ गर्ने।

No comments:

Post a Comment